आज दुई वटा संसदीय समितिको बैठक बस्दै

0
53

 

२५ कार्तिक, काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जस अन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।सिंहदरबार संसद भवन स्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची तय गरिएको छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान १० बजे बस्दैछ । बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरू सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here