🎄 Holiday Season Special
एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल दोहोरिए
३ पुस,काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । मतगणना अपडेट अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । त्यस्तै ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । ओलीलाई करिब ७५ प्रतिशत प्रतिनिधिले मत दिएका छन् ।
त्यस्तै नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत ल्याएर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराएका हुन् । पाण्डेले ९९९ मत पाएका छन ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.