एमालेको ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ४ बजेसम्म ७ सय मत खस्यो
२ पुष, काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत जारी निर्वाचनमा अहिलेसम्म करिब सात सय मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा भइरहेको मतदान शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार दिउँसो चार बजेसम्म कुल मतदातामध्ये करिब एक तिहाईले मतदान गरिसकेका छन्। उहाँले मतदान क्रम निरन्तर रूपमा चलिरहेको जानकारी दिनुभयो।
पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको यस निर्वाचनमा जम्मा दुई हजार दुई सय त्रिसठी जना मतदाता सहभागी छन्। मतदान प्रक्रिया निर्धारित समयअनुसार अघि बढिरहेको निर्वाचन आयोगले जनाएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.