एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै, समृद्धि र स्थिरता मुख्य एजेन्डा

0
7

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूले काठमाडौँमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्ने तालिका रहेको एमाले स्रोतले जनाएको छ ।

घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई प्रमुख मुद्दाका रूपमा समेटिएको एक नेताले जानकारी दिए । आर्थिक विकासलाई तीव्रता दिन उत्पादनमुखी अर्थतन्त्र, लगानी प्रवर्द्धन र युवा रोजगारी विस्तारमा जोड दिइने बताइएको छ ।

एमालेको निष्कर्ष अनुसार मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्न नयाँ सत्ता समीकरण आवश्यक रहेको उल्लेख छ । राजनीतिक स्थायित्व बिना दीर्घकालीन विकास सम्भव नहुने धारणा घोषणापत्रमार्फत प्रस्तुत गरिने तयारी गरिएको छ ।

आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको एमालेले घोषणापत्रमार्फत स्पष्ट नीति, कार्यक्रम र कार्ययोजना सार्वजनिक गर्ने जनाएको छ । पार्टी नेतृत्वले यसपटकको निर्वाचनलाई देशको भावी दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताइएको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here