एमालेले समानुपातिक सांसदको नाम आइतबार निर्वाचन आयोगमा पठाउने
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फका निर्वाचित सांसदको नाम आइतबार मात्रै पठाउने भएको छ ।
अध्यक्ष केपी शर्मा ओली पितृ शोकमा परेपछि पार्टीका सबै नेता पशुपति आर्यघाटमा पुगेका कारण निर्वाचन आयोगले पठाएको पत्र पनि हालसम्म कसैले बुझेको छैन ।
एमालेको निर्वाचन समन्वय संयन्त्रका नेता निरज आचार्यका अनुसार पार्टी अध्यक्ष शोकमा परेको अवस्थामा पत्र आएकै रहेछ भने पनि आज र भोलि केही कुरा नहुने तर आइतबारसम्म पठाउन सकिने अवस्था छ ।
निर्वाचन आयोगले राजनीतिक दलहरूबाट प्राप्त हुने समानुपातिक प्रणालीतर्फका निर्वाचित उम्मेदवारको नामलाई अद्यावधिक गर्दै सम्पूर्ण निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने छ । राष्ट्रपतिले उक्त प्रतिवेदन स्वीकृत गरेपछि शपथको तयारी हुन्छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
