जनमत संग्रहको माग राजसंस्थाविरोधी षड्यन्त्रः अध्यक्ष तारानाथ लुइटेल

0
7

 

२४ मंसिर, काठमाडौँ । नेपालमा जनमत संग्रहको माग उठ्दै गर्दा त्यसलाई लिएर राजनीतिक आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ। प्रजातान्त्रीक पार्टी नेपालका अध्यक्ष तारानाथ लुइटेलले दुर्गा प्रसाइ र ज्ञानेन्द्र शाहीमार्फत उठाइएका जनमत संग्रहका आवाजलाई “राजसंस्थाको विधिवत अन्त्य गराउने उद्देश्यले रचित षड्यन्त्र” भएको दाबी गरेका छन्।

अध्यक्ष लुइटेलका अनुसार राजसंस्थाको पक्षमा देखिन आएका दुर्गा प्रसाइ र ज्ञानेन्द्र शाही स्वयंलाई प्रयोग गरिएको प्रश्न धेरै गम्भीर छ। उनले जनमत संग्रहको नाममा मुलुकलाई अनिश्चिततातिर धकेल्ने प्रयास भइरहेको आरोप लगाउँदै यसका पछाडिका नियतबारे जनता सजग हुनुपर्ने बताए।

उनले देशमा स्थिरता, संवैधानिकता र राष्ट्रिय स्वाधीनताका सवालमा प्रजातान्त्रीक पार्टी नेपाल स्पष्ट छन्दारहित द्विविधिमा नफस्ने भन्दै राजसंस्थासम्बन्धी बहसलाई बौद्धिक, न्यायिक र संवैधानिक मार्गबाट अघि बढाउनुपर्ने धारणा व्यक्त गरे। जनमत संग्रहको मागसँगै उत्पन्न विवादले आगामी दिनमा राजनीतिक वृतमा थप तर्क–वितर्क बढ्ने संकेत देखिएको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here