ज्योति साहित्य प्रतिष्ठानको १९औँ वार्षिकोत्सव सम्पन्न

0
8

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानको १९औँ वार्षिकोत्सव सम्पन्न भएको छ । ज्योति साहित्य प्रतिष्ठानको १९औँ वार्षिकोत्सव कार्यक्रम हिजो शुक्रवार एक समारोहका बीच सम्पन्न भएको हो । सो अवसरमा अध्यक्ष कवि मणिराज सिंह, संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा अग्रज कवि शैलेन्द्र साकार र अग्रज कथाकार पुष्कर लोहनीको समुपस्थितिमा साहित्यमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।
ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष कवि मणिराज सिंहले श्रृङ्खलाबद्ध रूपमा कविता वाचन कार्यक्रमसहित स्रष्टा सम्मान गर्दै आएका छन । यसै अवसरमा कविता, गीत, गजल र लघुकथा वाचनका साथै, लेखक–कवि राकेश कुमार झा (रसिक) को कवितासङ्ग्रह म पनि लेख्न सक्छु पनि बिमोचन भयो। सो अवसरमा कवि रसिकको जन्मदिनको शुभकामना व्यक्त गर्दै केक काटेर कार्यक्रम  सम्पन्न गरिएको थियो ।
उक्त अवसरमा कवि तुलसी दिवसले नेपाली साहित्यका स्रष्टाहरू उषा शेरचन, ध्रुव मधिकर्मी, सीता पाण्डे, नीलम कार्की निहारीकालाई  ज्योति साहित्य सम्मान द्वारा सम्मानित गर्नु भएको थियो भने ज्योति प्रतिभा सम्मान द्वारा महेशराज खरेल, श्याम श्रेष्ठ, राजेश मान के सी, राकेश कुमार झा रसिकु र प्रेमकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।
यसैक्रममा ज्योति विशिष्ट आजीवन सदस्यता सम्मानू द्वारा साहित्यकारहरू कल्पना मरासिनी र योगाज राजन कविराजु लाई प्रतिष्ठानले सम्मान गरेको थियो । ज्योति साहित्य प्रतिष्ठानको उक्त २२५औँ शृङ्खलामा अतिथिहरू र स्रष्टाहरूलाई अध्यक्ष मणिराज सिंहले टोकन आफ लभ प्रदान गरी कार्यक्रम समापन गर्नु भएको थियो ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here