तलबभत्ता समाजसेवामा खर्च गर्ने कांग्रेस उम्मेदवार दवाडीको अर्को प्रतिबद्धता

0
8

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले सोमबार काठमाडौंमा आफ्ना मतदाता तथा शुभचिन्तकसँग छलफल गरेका छन् । गोंगबुको महर्षि कलेजमा आयोजित अन्तरक्रियामा सहभागीहरुले सबैको सहयोगले दवाडीलाई जिताउने बताएका थिए । दवाडीलाई त्यस क्षेत्रका मतदाताले सकिने काममात्र गर्न र आश्वासन धेरै नबाँड्नसमेत आग्रह गरे । दवाडीले त्यो क्षेत्रको विकासका लागि के–के काम गर्नुपर्छ र एजेण्डामा के कुरा समावेश गर्नुपर्छ भनेर अन्तरक्रिया गरिएको बताए । ‘कतिपय कुरा मलाई पनि थाहा हुँदैन, अन्तरक्रियाबाट आएका सुझावलाई आधार मानेर अघि बढ्छु’ उनले भने ‘जनताको मन जित्ने गरी काम गर्छु, यसमा कुनै शंका गर्नु पर्दैन ।’ उम्मेदवार दवाडीले अन्तरक्रियामा आएका सुझाव, गुनासा र टिप्पणीलाई डायरीमा टिपेका थिए ।

गोरखा पर्यटकको राम्रो सम्भावना भएको ठाउँ भएकाले पर्यटनका एजेण्डालाई जोड दिन पनि सुझाव दिइएको थियो । त्यस्तै गोरखामा कृषिको पनि प्रचुर सम्भावना भएकाले कृषिमैत्री योजना अघि सार्न सहभागीहरुले सुझाव दिए । दवाडीले कृषकले उत्पादन गरेका सामग्री बिक्रीवितरणका लागि सहज वातावरण बनाउने र उचित मूल्य पाउने कुरामा आफू लागिपर्ने बताए । सहभागीहरुले कतिपय सडक अपूरा भएको, विजुली सबै ठाउँमा पुग्न नसकेको, पूर्वाधार बन्दै गरे पनि सम्पन्न हुन नसकेको पनि गुनासा गरेका थिए । कार्यक्रममा दवाडीले आफ्नो विचार राखिसकेपछि अन्तरक्रिया गर्दै सहभागीका प्रश्नको जवाफ पनि दिएका थिए । ‘म पात्र हुँ, चुनाव जित्ने तपाइहरुले नै हो’ उनले भने ‘मैले हिजो पनि रुवाइन र भोलि पनि तपाइहरुलाई रुवाउने काम गर्दिन ।’

गोरखामा प्रतिनिधिसभाका दुइवटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फाल्गुण २१ गते हुँदैछ । दवाडीले सबै नेता तथा शुभचिन्तकलाई एक पटक गाउँ पुगेर आफ्नो अवस्था बुझिदिन पनि आग्रह गरेका छन् । ‘ म एक पटक तपाइहरुलाई गाउँ पुगिदिन आग्रह गर्दछु, जसले जे प्रतिक्रिया दिन्छ त्यही भनिदिनुहोला’ उनले भने ‘ यस पटक हामीले चुनाव जित्नु छ त्यसैले पनि गलत तथ्यांक मलाई नदिनुहोला, जे छ त्यो भनिदिनुभयो भनें मलाई थप रणनीति बनाउन सजिलो हुन्छ ।’ दवाडीले फाल्गुण २ गते चितवनमा मतदाता तथा शुभचिन्तकसँग अन्तरक्रिया गर्ने भएका छन् । अन्तरक्रियामा नेपाली कांग्रेसकी निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सांसद कमला पन्त, कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारका साथै गोरखाका नेता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

दवाडी २०७४ सालको प्रदेशसभाको निर्वाचनमा गोरखा–२ को ९ख० प्रदेशबाट निर्वाचित भएका थिए । उनले त्यतिबेला पनि आफूले सांसदबापत पाउने तलब समाजसेवामा खर्च गरेका थिए । उनले प्रतिनिधिसभाको सांसद भएर पनि तलव र सुविधा समाजसेवामा लगाउने बताएका छन् । प्रदेश सांसद हुँदा गरेका राम्रा काम पनि आज चुनाव जित्ने आधार भएको उनले बताए । उनले ‘मेरो राजनीति तपाइहरुकै सेवाका लागि, मेरो राजनीति समाजकै टेवाका लागि’ भन्ने नारा नै बनाएका छन् ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here