दलित कोटाबाट एमाले केन्द्रीय सदस्यमा अफिलाल ओखेडाको उम्मेदवारी
१ पुष,काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनमा दलित कोटाको तर्फबाट अफिलाल ओखेडाले उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्यमा दोहोरिने तयारीका साथ बझाङका केन्द्रीय सदस्य अफिलाल ओखेडा दोहोरिने तयारीमा छन् । लोक कल्याणकारी राज्य, विधिको शासन, सामाजिक न्याय, समतामूलक समाज, राष्ट्र राष्ट्रियतालाई राजनीतिले मात्र सन्तुलनमा ल्याउने भएकाले आफू राजनीतिमा सक्रिय रहेको ओखेडा बताउँछन् । २०४६ सालबाट एमालेको सक्रिय राजनीतिमा जोडिएका ओखेडाले २०४९ को तत्कालीन हेमन्तवाडा गाविस ५ नं वडा कमिटी सचिव भएका थिए । त्यसपछि उनी एमालेको गाउँ कमिटी सचिव, इलाका कमिटी सदस्य हुँदै २०६३ सालमा जिल्ला कमिटी सदस्य भएका थिए ।
२०६९ मा राष्ट्रिय प्रतिनिधि परिषद् तथा अञ्चल कमिटी सदस्य २०७३ मा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएका थिए । उनी दोस्रो संविधानसभा सदस्य पनि हुन् । उनी भूगोलबाट वडादेखि जिल्ला अध्यक्षसम्म भएका छन् । एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य भएका थिए । उनी अहिले पनि दोहोरिने तयारीमा छन् ।
दुर्गम ठाउँमा वडाबाट पार्टी राजनीति सुरु गरेर केन्द्रीय सदस्य भएको छु र दोस्रो कार्यकालका लागि पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने ओखेडा बताउँछन् । उनले भने, ‘राजनीतिमा सानै उमेरदेखि लागेको हुँ । वडाबाट राजनीति सुरु गरेँ । १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएको हुँ ।’ २०८१ सालमा बझाङमा भएको प्रदेशसभा उपनिर्वाचनमा एमालेलाई विजयी गराउन ओखेडाको महत्त्वपूर्ण भूमिका थिए । २०७९ सालमा कांग्रेसले जितेको प्रदेशसभा ’क’मा उपनिर्वाचनमा एमालेले जितेको थियो ।
संविधानसभामा हुँदा राम्रो संसदीय भूमिका खेलेको उनको राम्रो इतिहास छ । उनी गत प्रदेशसभाको निर्वाचनमा थोरैमात्र मतले पराजित भएका थिए । उनले पार्टीलाई सशक्त र जुझारु बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.