नेतृत्वले जोड्ने काम गर्नुपर्छ, मनोबल घटाउने होइन : सुरेन्द्र पाण्डे

0
7

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला विवादित अभिव्यक्तिप्रति आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। निर्वाचनको संवेदनशील समयमा नेतृत्वको भूमिका पार्टीलाई एकताबद्ध बनाउने हुनुपर्ने उल्लेख गर्दै उहाँले कार्यकर्ताको मनोबल घटाउने भाषाले क्षति पुर्‍याउने चेतावनी दिनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै पाण्डेले यो समय सबैलाई जोड्ने ऊर्जा दिनुपर्ने बेला भएको स्पष्ट पार्नुभएको छ। आफ्नै सहकर्मीलाई सार्वजनिक रूपमा न्यूनिकरण गर्नु राजनीतिक परिपक्वता नभएको उहाँको भनाइ छ।

पाण्डेका अनुसार पार्टीले सामना गरिरहेका चुनौती बाह्य भए पनि समाधान भने संस्थागत निर्णय र सामूहिक विचारबाट खोजिनुपर्छ। टिकट वितरण पार्टी हितका लागि गरिएको निर्णय भएको उल्लेख गर्दै उहाँले पूर्वाग्रही टिप्पणीले एमालेको साझा संकल्प कमजोर बनाउने बताउनुभयो।

वैचारिक असहमति हुनु स्वाभाविक भएको उल्लेख गर्दै पाण्डेले मत फरक भएकै आधारमा कसैप्रति पूर्वाग्रह नराख्ने संस्कार आफूले अंगालेको बताउनुभएको छ। साथै, टिप्पणीको खण्डनमा समय खर्च गर्नुको सट्टा आफू पूर्ण रूपमा एमालेका उम्मेदवारलाई जिताउन र संगठनको साख जोगाउन सक्रिय रहेको उहाँले स्पष्ट पार्नुभएको छ।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here