नेपाली जनता दलले प्रतिनिधि सभा निर्वाचनका लागि गर्‍यो दल दर्ता

0
13

 

९ मंसिर,काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि नेपाली जनता दलले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । दल दर्ताका लागि   आयोग पुगेका राष्ट्रिय अध्यक्ष हरिचरण साह, कार्यकारी अध्यक्ष नवराज सुवेदी, वरिष्ठ उपाध्यक्ष डा. लछि सिंह, उपाध्यक्ष निच्छल जोशी र महासचिव ठाकुर पोखरेलले आवश्यक कागजातसहित दर्ता निवेदन पेस गरेका हुन् ।

दल दर्तापछि अध्यक्ष साहले सबै प्रकारका चुनावमा सहभागी हुन आवश्यक कानुनी प्रक्रिया पूरा गरेर दल दर्ता गरिएको जानकारी दिए । उनले आगामी निर्वाचन  जहिले भए पनि आफूहरू तयार रहेको र त्यसैअनुसार दल दर्ता अघि बढाइएको बताए ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय मंसिर १० गतेसम्म तोकिएको छ । नेपाली जनता दलको दल दर्ता नम्बर ६३ रहेको छ भने निवेदन पेस गर्ने व्यक्ति अध्यक्ष हरिचरण साह हुन् ।

हालै मात्र हरिचरण साह नेतृत्वको नेपाली जनता दल र नवराज सुवेदी नेतृत्वको जनयुग पार्टी औपचारिक रूपमा एकीकृत भएका छन् । राजधानीमा शनिबार आयोजित विशेष समारोहमार्फत दुवै दलले ‘नेपाली जनता दल’ नाम कायम राख्ने र आगामी चुनावमा ‘सिठ्ठी’ चुनाव चिन्ह उपयोग गर्ने सहमतिसहित एकीकरण घोषणा गरेका थिए ।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here