नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षमा अनुप नेपाल निर्वाचित

0
15

 

२३ कार्तिक, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा नेपालले ९२६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बद्रीकुमार गुरागाईँले ८५८ मत मात्रै प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा अनिल लामिछाने निर्वाचित भएका छन् । उनले ८६७ मत पाउँदा उनका प्रतिस्पर्धीहरु राजु ढकालले ६२९ र लोकेन्द्र ऐरले २७६ मत पाए ।

महासचिवमा प्रदीप आर्याल निर्वाचित भएका छन् । अर्याल ९०३ मत पाएर निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी सुनिल बुढाथोकीले ८७८ मत मात्रै पाएका छन् ।

कोषाध्यक्षमा सविन कार्की यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । सदस्यहरुमा अञ्जली साउद, रिजिता श्रेष्ठ, गुरुप्रसाद पोखरेल र मिथिलेशप्रसाद चौधरी विजयी भएका छन् ।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here