पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

0
23

पर्वत। फलेवास नगरपालिका–३ शङ्करपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ। सहिद हरिदत्त तिवारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित स्वास्थ्य शिविरमा मुटु, छाती, पेट, महिला तथा मातृ स्वास्थ्य, हाडजोर्नी, नाककानघाँटी, बाल स्वास्थ्य, रक्तचाप, मधुमेह, इकोकार्डियोग्राफी, इलेक्ट्रोकार्डियोग्राम, अल्ट्रासाउन्ड, फिजियोथेरापी तथा मनोरोगको परीक्षण गरिएको थियो। आवश्यकताअनुसार बिरामीलाई औषधि  पनि वितरण गरिएको थियो।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ श्यामराज रेग्मी, डा अनिल भट्टराई, डा भारती शर्मा, प्रसूति रोग विशेषज्ञ डा केशव आचार्य, मानसिक रोग विशेषज्ञ डा सुजना रेग्मी, बालरोग विशेषज्ञ डा प्रकाश गौतमलगायत २५ जना चिकित्सकले सेवा प्रवाह गरेका थिए। यसैबीच, शिविरमा नेपाल रेडक्रस सोसाइटीको संयोजनमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो। त्यस अवसरमा ५०

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here