पुण्यप्रसाद ढकाललाई केन्द्रीय सदस्यमा निर्वाचित गराउन प्रतिनिधिहरू सक्रिय

0
3

 

२८ मंसिर,काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनको इतिहासमा पेशागत आन्दोलनका क्रममा जागिर गुमाएर पुनर्वहाली पश्चात पनि निरन्तर पेशागत हक–हितका लागि अविचलित रूपमा संघर्ष गर्दै आउनु भएका संगठनका पूर्व केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाललाई अहिले हुन लागेको नेकपा एमालेको  महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित गराउन महाधिवेशन प्रतिनिधिहरू सक्रिय रूपमा लागिपरेका छन्।

निजामती कर्मचारी संगठनलाई सशक्त र संस्थागत बनाउने क्रममा ढकालले इमान्दारीपूर्वक नेतृत्व निर्माणमा भूमिका निर्वाह गर्नुका साथै आफ्ना कार्यकालमा थुप्रै सांगठनिक उपलब्धि हासिल  गराउनु भएको थियो ।  निजामती क्षेत्रको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ११७ स्थानमध्ये ८१ स्थानमा विजय हासिल गराउँदै नेतृत्व दिनु भएको ढकाल आधिकारिक ट्रेड युनियनका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ। पेशागत आन्दोलनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा चिनाउने क्रममा उहाँले करिब ३१ देशको सहभागिता जुटाएर   TUIPS को कंग्रेस नेपालमा सफलतापूर्वक आयोजना गर्नुभएको थियो, जसबाट सो संगठनको एशिया–प्यासिफिक क्षेत्र हेर्ने जिम्मेवारीसहित नेपालबाट पहिलो अन्तर्राष्ट्रिय उपाध्यक्षको रूपमा इतिहास रच्नुभयो।

प्रमुख जिल्ला अधिकारीको रूपमा समेत कुशल प्रशासकको पहिचान बनाइसक्नु भएका ढकाल हाल नेकपा एमाले उपत्यका विशेष प्रदेशका सचिवालय सदस्य रहनु भएको छ। विषम परिस्थितिमा अप्ठ्यारोमा परेको पेशागत महासंघलाई पुनर्जीवित गर्दै गतिविधि सञ्चालनमा निरन्तर योगदान पुर्‍याउनु भएका उहाँको भूमिकालाई संगठन र पार्टीभित्र उच्च सम्मानका साथ स्मरण गरिन्छ।

पेशागत आन्दोलन, संगठन निर्माण, प्रशासनिक क्षमता र पार्टीप्रतिको निष्ठाको समग्र अनुभवलाई पार्टीको केन्द्रीय तहमा उपयोग गर्न सकिने विश्वासका साथ अहिले हुन लागेको नेकपा एमालेको महाधिवेशनमा प्रतिनिधिहरूले ढकाललाई केन्द्रीय सदस्यमा निर्वाचित गराउन व्यापक समर्थन र प्रचार अभियानलाई तीव्र बनाएका छन्। अनुभवी, संघर्षशील र सिद्धान्तनिष्ठ नेतृत्वको आवश्यकता रहेको वर्तमान सन्दर्भमा पुण्यप्रसाद ढकाल केन्द्रीय सदस्यका लागि उपयुक्त र भरोसायोग्य उम्मेदवार भएको प्रतिनिधिहरूको निष्कर्ष छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here