पुराना कारलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न सरकारले अनुमति दिने
३ कार्तिक,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अब पुराना गाडीलाई विद्युतीय (इभि) मा रूपान्तरण गर्न सरकारले अनुमति प्रदान गर्ने व्यवस्था गर्न लागिएको बताएका छन्।
नेपालमा वर्षौँदेखि इन्जिनियर तथा टेक्निसियनहरूले पुराना कार, भ्यान र अन्य सवारीसाधनमा पेट्रोल–डिजेल इन्जिन हटाएर ब्याट्री–आधारित वातावरणमैत्री विद्युतीय प्रविधि जडान गर्ने प्रयास गर्दै आएका छन्। तर प्राविधिक तथा कानुनी अवरोधका कारण यसअघि यस्तो कार्य कानुनी रुपमा सम्भव हुन सकेको थिएन।
मन्त्री पुनका अनुसार अब यातायात व्यवस्था विभागमार्फत स्पष्ट प्रक्रिया तयार गरी आवश्यक प्राविधिक मापदण्ड पूरा गर्ने सवारी साधनलाई रूपान्तरणको अनुमति दिइनेछ।
सामाजिक सञ्जालमार्फत आफूले सरकारको निर्णयबारे जानकारी दिँदै उनले लेखेका छन्, “यसअघि लोभी–पापीहरूले अनेकौँ नियम–कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार, यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्छ।”
सरकारको यस कदमले वातावरणमैत्री परिवहनतर्फको मार्ग प्रशस्त गर्ने, पुराना सवारी पुनःउपयोगमा ल्याउने र तेल खपत घटाउने अपेक्षा गरिएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.