फागुन २१ मा इमान्दार नेतृत्व रोज्न गौरव बोहरा समर्थकको अपिल
रुपन्देही । आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार क्याप्टेन गौरव बोहराको समर्थनमा मतदान अपिल गरिएको छ । गौरव बोहरा समर्थक पेजमार्फत सार्वजनिक गरिएको पोस्टमा मतदातालाई आफ्नो अमूल्य मत खेर नफाल्न आग्रह गरिएको छ ।
पोस्टमा ‘हाम्रो होइन, राम्रो छानौँ’ भन्ने सन्देश दिँदै भ्रष्टाचारमुक्त, इमान्दार र जिम्मेवार नेतृत्व चयन गर्नुपर्नेमा जोड दिइएको छ । “भ्रष्ट होइन, इमान्दारलाई चुनौँ” भन्दै समर्थक पेजले यस पटकको निर्वाचनलाई सही प्रतिनिधि छान्ने अवसरका रूपमा लिन आग्रह गरेको छ ।
समर्थकहरूले रुपन्देही–३ का मतदातालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार क्याप्टेन गौरव बोहरालाई हलो चिन्हमा मतदान गरी अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल गरेका छन् । पोस्टमा गौरव बोहरालाई अनुशासित, राष्ट्रप्रति समर्पित र जनताको अपेक्षा बुझ्ने उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ ।
आगामी निर्वाचनमा जनताले सचेत निर्णय लिँदै योग्य, इमान्दार र भ्रष्टाचारविरुद्ध उभिन सक्ने नेतृत्व चयन गर्नुपर्ने सन्देशसहित गरिएको यो अपिलले रुपन्देही–३ मा चुनावी माहोल थप तातिँदै गएको संकेत गरेको छ । समर्थक पेजले लोकतन्त्र मजबुत बनाउन सही उम्मेदवारलाई मत दिनु नै नागरिकको सबैभन्दा ठूलो दायित्व भएको उल्लेख गरेको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
