मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न
२८ मंसिर,काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। मंसिर २६ गते शुक्रबार काठमाडौंमा सम्पन्न उक्त साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
साधारणसभाले लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण , आव २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु सभा ले पारित गरेको छ ।
यस कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा अवस्थित ७ मेगावाटको सुरी खोला जलविद्युत आयोजना र माथिल्लो सुरी खोला जलविद्युत आयोजनाबाट विगत ३ वर्ष देखि व्यावसायिक विद्युत उत्पादन गर्दै आएको छ। समीक्षा आर्थिक वर्षमा कम्पनीले रु. ३६ करोड ५१ लाख बराबरको विद्युत उत्पादन गरि बिक्री गरेको जनाएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.