मुख्य नेताहरू ‘बिना लगामको घोडा’ जस्तै बन्दै गएका छन्ः लुईटेल
२६ मंसिर,काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुईटेलले वर्तमान गणतान्त्रिक नेतृत्वले देशलाई दिशाहीन बनाएको आरोप लगाउँदै राजतन्त्र पुनःस्थापनाको माग अघि सार्नुभएको छ।
अध्यक्ष लुईटेलका अनुसार गणतन्त्रका नाममा चलिरहेका मुख्य नेताहरू ‘बिना लगामको घोडा’ जस्तै बन्दै गएका छन् । देशको समृद्धि र स्थायित्वको जिम्मेवारी पाएका नेताहरूले उल्टै भ्रष्टाचार, अकुत सम्पत्ति सङ्कलन र विदेशमा सम्पत्ति सुरक्षित गर्ने प्रवृत्ति बढाएको उहाँको आरोप छ।
उहाँले ८० लाखभन्दा बढी युवा–युवतीहरू रोजगारी र अवसरको अभावमा विदेशिन बाध्य भएको उल्लेख गर्दै यस्तो अवस्था गणतान्त्रिक व्यवस्थाको असफलताकै सूचक भएको बताउनुभयो। “नेताहरूले देशलाई रेलको लिकमा हिँडाउन सक्दैनन् भने, संसदवाटै हटाइएको राजालाई पुनःस्थापित गर्न अब दलहरूले ढिला गर्नु हुँदैन,” लुईटेलले भन्नुभयो।
देशको वर्तमान राजनीतिक परिस्थितिले जनतालाई निराश बनाएको बताउँदै अध्यक्ष लुईटेलले भ्रष्ट र गैरजिम्मेवार नेताहरूको विकल्पका रूपमा राजसंस्थाको पुनरागमनलाई राष्ट्रहितको समाधानका रूपमा प्रस्तुत गर्नुभएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.