युवा पुस्तालाई देश निर्माणका लागि एकजुट हुन पुन मगरको आग्रह
१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता टेक बहादुर पुन मगरले पार्टीले नयाँ पुस्ता, नयाँ सोच र नयाँ दिशाको नेतृत्व गर्दै देशमा भ्रष्टाचार अन्त्य गर्न दृढ सङ्कल्पका साथ अघि बढेको बताएका छन्। आज खवर ब्रेकिंग संग कुरा गदै उनले यस्तो कुरा बताएका हुन । उनले जनतामा चेतना फैलाउने र परिवर्तनको अभियानलाई तीव्र बनाउने काममा रास्वपा प्रतिबद्ध रहेको बताए।
नेता पुन मगरले पार्टीका नेता रवि लामिछानेको भूमिकालाई उल्लेख गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा उनको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।
युवा पुस्तालाई देश निर्माणका लागि एकजुट हुन आग्रह गर्दै उनले ‘जय घण्टी, जय रास्वपा, जय नेपालवाद’ नारासहित सुधार र सुशासनको अभियान अझ सशक्त रूपमा अघि बढाइने बताएका छन।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.