यो निर्वाचन देश बनाउने र जलाउनेका बीचको होः अध्यक्ष ढकाल

0
3

काठमाडौँ । पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य ढकालले आगामी निर्वाचनलाई देश बनाउने र देश जलाउने शक्तिबीचको निर्णायक घडीका रूपमा चित्रण गर्दै सम्पूर्ण मतदातालाई सचेत र विचारपूर्वक मतदान गर्न आग्रह गरेका छन् ।

ढकालले जारी गरेको सन्देशमा निर्वाचन केवल उम्मेदवार चयन गर्ने प्रक्रिया मात्र नभई राष्ट्रको भविष्य तय गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै भावनामा होइन, विवेक र जिम्मेवारीका आधारमा निर्णय लिन मतदातालाई आह्वान गरेका हुन् । “यो निर्वाचन देश बनाउने र जलाउनेका बीचको हो,” उनले भने, “त्यसैले हरेक मतले कुन बाटो रोज्छ भन्ने प्रश्न गम्भीर रूपमा सोचिनुपर्छ।”

उनका अनुसार अस्थिरता, अराजकता र विभाजनलाई प्रश्रय दिने प्रवृत्तिभन्दा माथि उठेर संविधान, लोकतन्त्र, सामाजिक न्याय र सुशासनलाई मजबुत बनाउने शक्तिलाई समर्थन गर्नु आजको आवश्यकता हो । निर्वाचनमार्फत सही विचार र नीतिलाई जिताउन सकिए मात्र देशले दीर्घकालीन स्थायित्व र समृद्धिको बाटो समात्ने ढकालको भनाइ छ ।

अध्यक्ष ढकालले मतदाताको सहभागिता नै लोकतन्त्रको बलियो आधार भएको उल्लेख गर्दै मतदान प्रक्रियामा सक्रिय सहभागिता जनाउन पनि आग्रह गरेका छन् । उनले पेशागत क्षेत्रका श्रमिक, कर्मचारी र बौद्धिक वर्गले विशेष जिम्मेवारी बोध गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर मत प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनको यो अपिल निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक भएको हो, जसले मतदाताबीच विचारशील बहस र जिम्मेवार निर्णयको आवश्यकता औंल्याएको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here