राजनीतिलाई पेशा होइन, सेवाको माध्यम बनाउनुपर्छ : युवा नेता रबिन्स शर्मा
२७ कार्तिक,काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रबिन्स शर्माले अब राजनीति ‘काम नभएकाले गर्ने माध्यम’ बन्न नहुने बताएका छन् । उनले राजनीति गर्ने संस्कारमा आमूल परिवर्तन आवश्यक रहेको बताउँदै भने, “केही पनि काम नभएकाले राजनीति गर्ने संस्कारको अन्त्य गर्नुपर्छ । अबको राजनीति कम्तीमा आयस्रोत सुनिश्चित भएका, आयआर्जनमा जोडिएका र पेशा व्यवसाय गरेका व्यक्तिले गर्नुपर्छ ।”
उनका अनुसार राजनीति पेशा होइन, सेवाको माध्यम हो, जसका लागि आचरण, प्रतिबद्धता र आत्मनिर्भरता अनिवार्य हुन्छ । शर्माले चेतावनी दिँदै भने, “जब राजनीति रोजगारीको विकल्प बन्छ, तब स्वार्थले राष्ट्रभक्ति माथि हावी हुन्छ, अनि प्रणाली नै अविश्वसनीय बन्छ।”
युवा पुस्ता जिम्मेवार रूपमा राजनीति प्रवेश गर्नुपर्ने बताउँदै उनले जोड दिए, “स्वावलम्बी र सक्षम युवाले मात्र राजनीतिलाई शुद्ध बनाउन सक्छन् । आयआर्जनमा जोडिएका व्यक्ति जब राजनीतिमा आउँछन्, तब नीति निर्माणमा नैतिकता र पारदर्शिता स्वतः स्थापित हुन्छ ।”
शर्माले थपे , “राजनीति गर्ने व्यक्ति र राजनीतिक प्रणालीको इज्जत त्यतिबेला मात्रै रहन्छ, जब नेताहरू आर्थिक रूपमा स्वावलम्बी र विचारका रूपमा जिम्मेवार हुन्छन् ।”
नेता शर्माले अहिलेको राजनीतिक सन्दर्भमा पार्टीभित्र आत्मसमीक्षा र नेतृत्व तहमा व्यवहारिक सोचको आवश्यकता औंल्याउँदै राजनीतिलाई व्यवसायिक सोचबाट मुक्त गराउन सबै तहमा सचेतना अभियान चलाउनुपर्ने सुझाव पनि दिएका छन् ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.