राष्ट्रिय सहमति र राजसंस्था पुनःस्थापनाको पक्षमा नेपाल समाजवादी कांग्रेसको आह्वान

0
6

काठमाडौँ । नेपाल समाजवादी  कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले वर्तमान राजनीतिक अवस्था जटिल मोडमा पुगेको दाबी गर्दै राष्ट्रिय सहमति, राष्ट्रिय एकता र राष्ट्रिय सरकार गठनको आवश्यकता औँल्याएका छन्। उनले देश शक्तिराष्ट्रहरूको प्रभाव र दबाबबीच रुमलिएको उल्लेख गर्दै यस्तो परिस्थितिमा मुलुक जोगाउने आधार राष्ट्रिय एकता मात्र भएको बताएका छन्।

अध्यक्ष निरौलाले राष्ट्रिय एकताको अर्थ विघटित राजसंस्थाको पुनःस्थापना र हिन्दुराज्यको स्थापना अनिवार्य रहेको धारणा व्यक्त गरेका छन्। उनका अनुसार राजा, संघीयवादी राजनीतिक दल, आन्दोलनरत पक्ष र वर्तमान सरकारबीच व्यापक छलफल र सहमति नभएसम्म मुलुकमा शान्ति, स्थायित्व र विकास सम्भव नहुने दाबी गरिएको छ।

उनले राष्ट्रिय सहमति अभावमा अशान्ति चुलिँदै जाने र त्यसले देशलाई गृहयुद्धतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्। भौतिकवादी असफलताले राज्य विघटनको जोखिम बढाउने र नेपाली जनता नै शरणार्थी बन्न सक्ने खतरा रहेको उनको भनाइ छ।

निरौलाले समयमै सबै पक्षबीच बृहद् संवाद र सहमति निर्माण गर्न आग्रह गर्दै “पहिले देश बचाऔँ, देश बचे मात्र हाम्रो अस्तित्व बच्छ” भन्ने सन्देश दिएका छन्। उनले वर्तमान संकटको निकासका लागि राजसंस्था, राजनीतिक दल र आन्दोलनरत शक्तिहरू एक ठाउँमा बसेर समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here