लुधियानाबाट हराए अर्घाखाँची खिल्जीका बुद्धि बहादुर खप्तरी, खोजिकार्यका लागि अनुरोध

0
41

 

२७ कार्तिक,अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–६, खिल्जी स्थायी घर भएका ४० वर्षीय बुद्धि बहादुर खप्तरी भारतको लुधियानास्थित रेल स्टेशनबाट हराएको खबर सार्वजनिक भएको छ ।

परिवारका अनुसार उहाँ नोभेम्बर २ तारिखमा नेपालबाट भारत प्रस्थान गर्नुभएको थियो । त्यसपछि नोभेम्बर ३ र ४ तारिख दिल्लीमा बस्नुभएर नोभेम्बर ५ तारिख बिहान ८ बजे दिल्लीबाट रेलमार्फत पञ्जाबको लुधियाना जाने क्रममा बेपत्ता हुनुभएको हो ।

उहाँसँगै रहेका गाउँलेहरूका अनुसार रेल यात्रा बीचमै पिसाब फेर्न भन्दै खप्तरी रेलबाट झर्नुभएको र त्यसपछि पुनः रेलमा फिर्ता नआएको बताइएको छ । त्यहीँदेखि उहाँसँगको सम्पर्क पूर्ण रूपमा टुटेको हो ।

घटनापछि लुधियाना आसपास रहेका नेपाली समुदाय तथा समाजसेवीहरूले खोजी कार्य जारी राखेका छन् । तर हालसम्म उहाँको अवस्था वा ठेगानाबारे कुनै जानकारी प्राप्त भएको छैन ।

परिवारका सदस्यहरू र आफन्तहरूले भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन र सर्वसाधारणलाई सहयोगका लागि आग्रह गरेका छन् । उनीहरूको भनाइमा, “हामीले सबै ठाउँमा खोजिरहेका छौं, तर अहिलेसम्म उहाँको कुनै अत्तोपत्तो छैन। जसलाई जानकारी भए तुरुन्त सम्पर्क गरिदिनुहोस्।”

बुद्धि बहादुर खप्तरीको बेपत्ता भएको खबरले गाउँभरि चिन्ताको माहोल छाएको छ। स्थानीयहरू र विदेशमा रहेका नेपाली समुदायले सामाजिक सञ्जालमार्फत पनि खोजी अभियान चलाइरहेका छन्।

नेपाल र भारत दुबै देशका सम्बन्धित निकायलाई तत्काल खोजतलासमा सक्रिय भूमिका खेल्न परिवारले पुनः अनुरोध गरेका छन्। सम्पर्क नम्बर ; 9857066836

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here