वर्तमान राजनीतिक अस्थिरताले देशलाई थकित बनाएको छः लुईटेल
२३ मंसिर, काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुईटेलले देशमा दीर्घकालीन स्थायित्व कायम गर्न नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमै नीतिगत रूपमा महत्वपूर्ण निर्णय गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार कांग्रेसले आफ्नो विधानमा राजसंस्थाको पुनर्स्थापना र वैदिक सनातन हिन्दु राष्ट्रको धारणा समावेश गरी जनतामाझ भोट माग्न सकेमा पार्टीले देशव्यापी बहुमत प्राप्त गर्न सक्ने छनक रहेको छ ।
लुईटेलले चेतावनी दिँदै भने, “यदि कांग्रेसले समयमै यो ऐतिहासिक जनभावनालाई आत्मसात् गर्न सकेन भने पार्टी २० वा ३० सिटमा सिमित हुनबाट बच्न सक्दैन ।”
उनले वर्तमान राजनीतिक अस्थिरताले देशलाई थकित बनाएको उल्लेख गर्दै वैकल्पिक राष्ट्र–निर्माण मार्गप्रति जनताको विश्वास बढ्दै गइरहेको दाबी गरे ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.