देशको स्वाधीनताको रक्षा गर्न ओली नेतृत्वको सरकार कमजोर साबित भएको थियोः डा भीम रावल
३ पुष, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जनताका अधिकारलाई बलियो बनाउने लक्ष्यसहित पार्टी जनताका माझमा आएको बताएका छन्।
आज गोठालापानीमा आयोजित जिल्लास्तरीय पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले देशमा सुशासन, राजनीतिक स्थायित्व र विकासको मार्ग सुनिश्चित गर्दै जनताको अधिकार मजबुत बनाउने अभियानमा पार्टी सक्रिय रूपमा अघि बढेको बताए।
उनले संविधानमा देखिएका कमजोरीहरू सुधार गर्दै सुशासन कायम गर्न र भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन पार्टी तयार रहेको स्पष्ट पारे।
नेता रावलले जेन–जी आन्दोलनका क्रममा तत्कालीन सरकारको कमजोरीका कारण देश अराजकताको अवस्थामा पुगेको आरोप लगाए। साथै, देशको स्वाधीनताको रक्षा गर्न ओली नेतृत्वको सरकार कमजोर साबित भएको उनको भनाइ थियो। कार्यक्रममा पार्टी एकता, संगठन विस्तार र जनताको पक्षमा राजनीति गर्ने विषयमा समेत जोड दिइएको थियो।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.