नेपाली कांग्रेसका नेताअर्जुननरसिंह केसीद्वारा चुनाव नलड्ने घोषणा

0
5

 

५ पुष,काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा निर्वाचन नलड्ने घोषणा गरेका छन्। २०३८ सालदेखि निरन्तर नुवाकोटबाट चुनावी प्रतिस्पर्धामा उत्रिँदै आएका केसीले यसपटक प्रत्यक्ष निर्वाचनको दौडबाट बाहिरिने निर्णय लिएका हुन्।

पार्टीका नेता तथा कार्यकर्ताहरूले उम्मेदवार सिफारिसका लागि आग्रह गरे पनि केसीले त्यसलाई अस्वीकार गरेका छन्। अघिल्लो निर्वाचनमै ‘अन्तिम पटक’ भन्दै जनतासँग मत मागिसकेको उल्लेख गर्दै उनले पुनः उम्मेदवार बन्नु नैतिक रूपमा उचित नहुने बताएका छन्।

केसीको यो निर्णयसँगै नुवाकोटको राजनीतिमा उनको करिब ४५ वर्ष लामो प्रत्यक्ष चुनावी यात्रामा पूर्णविराम लागेको छ। उनी २०३८ सालमा पहिलोपटक राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। २०४३ सालको निर्वाचनमा पराजित भए पनि त्यसपछि जिल्ला पञ्चायत सभापतिको जिम्मेवारी सम्हालेका थिए।

बहुदल पुनर्स्थापनापछि २०४८ सालदेखि भएका ६ वटा संसदीय निर्वाचनमा उनी निरन्तर उम्मेदवार बन्दै आएका थिए। लामो राजनीतिक अनुभव बोकेका केसीले अब सक्रिय संसदीय राजनीतिबाट विश्राम लिँदै अभिभावकीय भूमिकामा रहने संकेत गरेका छन्।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here