प्रहरी बृत्त दरबारमार्गलाई एनआरएनएले गर्‍यो ब्यारिकेड हस्तान्तरण

0
6

 

५ पुष, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दरबारमार्गस्थित नेपाल प्रहरीको प्रहरी बृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले प्रहरी बृत्तका डीएसपी नारायण डाँगीलाई करिब ३ लाख रुपैयाँ मूल्य बराबरका ब्यारिकेड हस्तान्तरण गरेका हुन्।

गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा भएको क्षतिप्रति सहयोगस्वरूप ब्यारिकेड प्रदान गरिएको अध्यक्ष केसीले बताए। प्रहरी बृत्त प्रमुख डीएसपी डाँगीले शान्ति सुव्यवस्था कायम गर्न एनआरएनएको सहयोग महत्वपूर्ण रहेको भन्दै धन्यवाद व्यक्त गरे।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here