भ्रममा नपर्न चुरेभावर लोकतान्त्रिक पार्टीको आग्रह
काठमाडौं । चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित नभएकाले भ्रममा नपर्न आग्रह गरेको छ ।
पार्टी अध्यक्ष भूमिराज निरौलाले चुरेभावरको नामको पार्टी मंगलबार नेकपामा समाहित भएको भनेर आएको समाचारमा कुनै सत्यता नभएको बताएका छन् । ‘निर्वाचन आयोगमा हाम्रोबाहेक अरु कुनै चुरेभावर नामको पार्टी छैन, मंगलबार आएको समाचारको खण्डन गर्दछु’ अध्यक्ष निरौलाले भने ‘हामीले पहिले नै कारबाही गरिसकेका र चुरेभावर लोकतान्त्रिक पार्टीमा कुनै साइनो नभएकाले म नै पार्टी हुँ भन्नु लज्जास्पद कुरा हो ।’ बद्री न्यौपानेले नेतृत्व गरेको चुरेभावर राष्ट्रिय पार्टी नेकपामा समाहित भएको समाचार आएपछि चुरेभावर लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको हो । नेकपाका पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा न्यौपानेले नेतृत्व गरेको पार्टी समाहित भएको भनेर समाचार प्रकाशित भएको थियो ।
अध्यक्ष निरौलाले आफूहरु पार्टीको काममा लागिरहेको भन्दै अनावश्यक भ्रमको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । उनले पार्टीको अवस्था नै नबुझी नेकपाले पार्टी समाहित गर्ने कुरा पनि व्यावहारिक नभएको टिप्पणीसमेत गरेका छन् ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
