🎄 Holiday Season Special
रहेनन् कलाकार सुनिल थापा
काठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ। उनको ६८ वर्षको उमेरमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहानकै नर्भिकको आकस्मिक कक्षमा लगिएको थियो।
बिहान ७ बजेर ४४ मिनेटमा मुटुको इसिजी गर्दा उनको मृत्यु भएको पाइएको अस्पतालले जनाएको छ। उनको कार्डियाक अरेस्टका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.