देश खतरामा छैन, हेट स्पीचको राजनीति अन्त्य हुँदैछः बरिष्ठ पत्रकार घिमिरे

0
8

काठमाडौं । बरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरेले पूर्वराजा ज्ञानेन्द्र शाहले देश खतरामा छ भनेर लगाउँदै आएको आरोपमा कुनै तुक नभएको बताएका छन । बुधवार सामाजिक संजाल फेसबुकमार्फत यस्तो बताएका हुन ।  बुधबार जनकपुर र धनगढीबाट आएका दुई प्रभावशाली राजनीतिक अभिव्यक्तिले यही यथार्थलाई पुष्टि गरेको उनको ठहर छ ।

घिमिरेका अनुसार जनकपुरमा नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको अभिव्यक्ति र धनगढीमा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र  शाहले प्रस्तुत गरेको तथ्यमा आधारित प्रस्तुतीकरणले देश र गणतन्त्र जोगाउन होनाहार युवा नेतृत्व उदाइसकेको सन्देश दिएको छ । अब देश संकटमा छ भनेर डर देखाउने भाष्य आफैं कमजोर बन्दै गएको उनको टिप्पणी छ ।

उनले फेसबुकमा लेखेका छन्, “देश जोगाउन डर होइन, दृष्टि चाहिन्छ । गणतन्त्र जोगाउन घृणा होइन, जिम्मेवार नेतृत्व चाहिन्छ ।” घिमिरेले थप उल्लेख गरेका छन् कि हेट स्पीच र विभाजनको राजनीतिले समाजलाई अघि बढाउन नसक्ने कुरा अब जनताले बुझिसकेका छन् ।

पूर्वराजा शाहका अभिव्यक्तिहरूप्रति संकेत गर्दै घिमिरेले भनेका छन्, “पूर्वराजा शाहले मुख नमिठ्याउँदा जाति होला,” अर्थात् समाजलाई बाँड्ने अभिव्यक्तिले अन्ततः आफैंलाई नै अलग्याउने खतरा हुन्छ । उनका अनुसार अहिलेको समय नयाँ पुस्ताका नेताहरूले तथ्य, काम र उत्तरदायित्वका आधारमा राजनीति गर्ने युगको सुरुआत हो ।

समग्रमा, जनकपुर र धनगढीबाट आएको सन्देशलाई घिमिरेले मुलुकमा हेट स्पीचको युग समाप्त हुँदै गएको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन् । डरको राजनीतिभन्दा समाधानको राजनीतिले अब जनताको भरोसा जित्दै गएको उनको निष्कर्ष छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here