स्पष्ट नीति र दीर्घकालीन सोचबिना उद्योग सुरक्षित हुँदैन : शिव प्रसाद घिमिरे

0
8

काठमाडौँ ।  नेपाल उद्योग बाणिज्य महासंघ का कार्यकारिणी सदस्य तथा स्थल यातायात तथा पारवहन समिति सभापति  शिव प्रसाद घिमिरे व्यवसायले सधैं स्पष्ट, स्थिर र व्यवहारमा लागू हुन सक्ने नीति खोज्छ भने नेतृत्वले दीर्घकालीन सोच राख्नु पर्ने बताएका छन ।   अल्पकालीन निर्णयले दीर्घकालीन समस्या जन्माउँछ भन्ने यथार्थ आफूले प्रत्यक्ष अनुभवबाट सिकेको बताउँदै शिव प्रसाद घिमिरे ले उद्योग क्षेत्रलाई प्रभाव पार्ने निर्णयहरू गहिरो अध्ययन र परामर्शपछि मात्र लिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

घिमिरेले आफ्नो फेसबुक पेजमार्फत धारणा सार्वजनिक गर्दै कागजमा राम्रो देखिने तर व्यवहारमा कार्यान्वयन हुन नसक्ने नीतिले उद्योग–व्यवसायले ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गरेका छन् । उनका अनुसार नीतिगत अस्पष्टता, बारम्बार हुने निर्णय परिवर्तन र समन्वयको अभावले उद्योगको लागत वृद्धि हुनुका साथै आपूर्ति प्रणालीमा अवरोध सिर्जना हुन्छ ।

उनले व्यवसाय सुरक्षित नभएसम्म रोजगारी सुरक्षित नहुने र रोजगारी असुरक्षित हुँदा समाजको सन्तुलन नै खल्बलिने तर्क प्रस्तुत गरेका छन् । “नीति निर्माण गर्दा जमिनको यथार्थ बुझ्नुपर्छ । व्यवहारमा लागू नहुने नीति उद्योगका लागि बोझ बन्छ,” उनले लेखेका छन् ।

स्थल यातायात तथा पारवहन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको अनुभवका आधारमा घिमिरेले उत्पादन, ढुवानी र बजारबीचको सम्बन्धलाई मजबुत बनाउन दीर्घकालीन रणनीति आवश्यक रहेको बताएका छन् । अल्पकालीन लोकप्रियताभन्दा पनि दिगो सुधार र संरचनात्मक परिवर्तनतर्फ नेतृत्व केन्द्रित हुनुपर्ने उनको धारणा छ ।

उनले अनुभव बोकेको प्रतिनिधित्व आजको आवश्यकता भएको उल्लेख गर्दै समस्या पहिचान, समाधानको मार्गचित्र र प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको बताएका छन् । “म समस्या बुझ्ने र समाधानतर्फ लैजाने भूमिकामा विश्वास गर्छु,” उनले स्पष्ट पारेका छन् ।

घिमिरेको यो अभिव्यक्ति उद्योग–व्यवसाय क्षेत्रमा नीति स्थिरता, स्पष्टता र व्यवहारिक कार्यान्वयनको माग झन् बलियो बन्दै गएको सन्दर्भमा आएको हो । उद्योगमैत्री वातावरण निर्माण गर्न दीर्घकालीन सोच र जिम्मेवार नेतृत्व अनिवार्य भएको सन्देश उनको भनाइले दिएको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here