पर्यटक यातायात व्यवसायीका लागि डिजिटल साक्षरता तालिम सुरु : पर्यटनमा प्रविधिको युगतर्फ महत्वपूर्ण कदम

0
62

 

२६ कार्तिक,काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) र दिगो पर्यटन परियोजना (Sustainable Tourism Project – STP) को सहकार्यमा पर्यटक यातायात व्यवसायीहरूको लागि विशेष “Digital Literacy Training” आजदेखि सुरु भएको छ । राजधानीको लाजिम्पाटस्थित होटल ले हिमालयमा सुरु भएको यो तीनदिने तालिमको उद्घाटन नेपाल पर्यटन बोर्ड (NTB) का प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले गर्नु भयो ।

तीन दिनसम्म चल्ने उक्त तालिम कार्तिक २६, २७ र २८ गतेसम्म सञ्चालन हुने छ । नेपालका विभिन्न स्थानबाट आएका करिब १३५ जना पर्यटक यातायात व्यवसायीहरू यस तालिममा सहभागी भएका छन् । आयोजकहरूको भनाइमा यो तालिमले व्यवसायीहरूलाई डिजिटल युगसँग जोड्ने र पर्यटक यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउन सघाउनेछ ।

उद्घाटन समारोहमा बोल्दै सिईओ जोशीले भने, “पर्यटन अब परम्परागत रूपमा मात्रै सम्भव छैन, प्रविधि र नवप्रवर्तनले नै यसलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।” उहाँले पर्यटन व्यवसायीहरूलाई डिजिटल उपकरणहरूको प्रभावकारी प्रयोग गर्न सिक्ने अवसरका रूपमा यो तालिमलाई लिने आग्रह गर्नुभयो । उहाँले नेपाल पर्यटन बोर्डले पनि आगामी वर्षहरूमा Smart Tourism Nepal को अवधारणालाई अघि बढाइरहेको बताउनुभयो ।

दिगो पर्यटन परियोजना (STP) का प्रतिनिधिहरूले डिजिटल साक्षरता तालिमले पर्यटक यातायात क्षेत्रका व्यवसायीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उहाँहरूले AI (Artificial Intelligence), ChatGPT, Social Media Marketing, Digital Branding, Content Creation,Online Customer Handling जस्ता विषयहरूमा व्यावहारिक प्रशिक्षण दिइने जानकारी दिनुभयो ।

नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्षले तालिमको उद्देश्यबारे बताउँदै भने, “हामीले लामो समयदेखि यातायात व्यवसायलाई प्रविधिको पहुँचमा ल्याउने प्रयास गरिरहेका थियौं । अहिलेको यो तालिम त्यो यात्राको निर्णायक मोड हो । व्यवसायीहरूले आफ्ना सेवाहरूलाई अनलाइनमार्फत विश्वभर प्रचार गर्न, पर्यटकसँग प्रत्यक्ष संवाद गर्न र नयाँ बजार सिर्जना गर्न सक्षम हुनेछन् ।”

 

तालिममा सहभागी व्यवसायीहरूले समेत तालिमप्रति उत्साह प्रकट गर्दै भने, “हामीले अहिले सम्म डिजिटल मार्केटिङ र कृत्रिम बुद्धिमत्ताको प्रयोग सुनेका मात्र थियौं, तर यो तालिमबाट प्रत्यक्ष अभ्यास गर्दै त्यसको प्रयोग सिक्ने अवसर पाइरहेका छौं ।”

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पदाधिकारी, दिगो पर्यटन परियोजनाका प्राविधिक सल्लाहकार, संघका वरिष्ठ उपाध्यक्ष, सचिव, कार्यसमिति सदस्य तथा विभिन्न यातायात कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

तालिमको समापन समारोह आगामी कार्तिक २८ गते आयोजना गरिनेछ, जसमा सहभागी व्यवसायीहरूलाई प्रमाणपत्र वितरण गरिने र उत्कृष्ट सहभागीलाइ विशेष सम्मान समेत प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यो तालिम नेपालका पर्यटन व्यवसायीहरूलाई डिजिटल रूपान्तरणको यात्रातर्फ उन्मुख गराउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ । पर्यटन र प्रविधिको सहयात्रा हुँदै जाँदा नेपालले विश्व पर्यटन बजारमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउन सक्ने विश्वास पनि व्यक्त गरिएको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here