विभाजन भएको चार वर्षपछि गैरआवासीय नेपाली संघको एकता घोषणा
मंसिर १४ काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को विभाजन भएको चार वर्षपछि वृहत एकता घोषणा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आईतवार दुई कमिटीबीच संघको एकता घोषणा गरिएको हो ।
विभाजित संघमा अध्यक्षद्वय डा बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । १० औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो ।
१२ औँ महाविधेशन गर्नको लागी अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, १० औँ र ११ औँ महाधिवेशनमा निर्वाचित भएका दुबैतिरका समितिलाई मान्यता दिने,अदालतमा दुवै पक्षले गरेका मुद्दामामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागी समय थप गर्ने लगायत बिषयमा सहमति भएको बताइएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.