खर्चिलो चुनावले विकास बजेट प्रभावित, मतदाता सचेत बन्दै गएको तिमिल्सिनाको भनाइ

0
5

रौतहट । नेपाली कांग्रेसका नेता तथा रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार देवप्रसाद तिमिल्सिनाले आर्थिक अवस्था कमजोर रहेको देशमा पटक–पटक हुने खर्चिलो निर्वाचनले विकास निर्माणका काममा गम्भीर असर पारेको भन्दै मतदाताहरूले चासो र चिन्ता व्यक्त गरिरहेको बताएका छन्।

मतदाताहरूसँगको भेटघाट र छलफलका क्रममा उनले यस्तो धारणा सार्वजनिक भएको बताएका हुन्। उनका अनुसार जनताले निर्वाचनमा खर्चिने ठूलो रकम विकास निर्माण, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता अत्यावश्यक क्षेत्रमा लगानी हुनुपर्ने अपेक्षा राखेका छन्।

मतदाताहरूको भनाइ उद्धृत गर्दै नेता तिमिल्सिनाले भने, “पाँच वर्षका लागि जनताले प्रतिनिधि चुनेर पठाएका थियौँ। तर बीचैमा फेरि फर्किएर मत माग्न आउनुभएको छ। देश र जनताको पक्षमा समयमै गर्नुपर्ने काम समयमा नहुँदा अहिले यस्तो अवस्था आएको हो कि भन्ने जिज्ञासा जनतामा देखिन्छ।”

उनले मतदाताहरू अब केवल नारामा होइन, व्यवहार र नीतिमा आधारित भएर प्रश्न गर्न थालेको उल्लेख गरे। पछिल्लो समय मतदाता हरेक हिसाबले सचेत र सजग बन्दै गएको आफूले महसुस गरेको उनले बताए।

निर्वाचनमा सफलता प्राप्त भएमा जनताको यही भावना र चासोलाई संसद्मा निरन्तर उठाउने प्रतिबद्धता व्यक्त गर्दै तिमिल्सिनाले भने, “जनताको आवाज नै मेरो एजेन्डा हो। उहाँहरूले उठाएका प्रश्न र अपेक्षालाई सदनसम्म पुर्‍याउन म दृढताका साथ लाग्नेछु।”

उनका अनुसार रौतहट जिल्लाका मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य, खानेपानी र आवास हुन्। यी क्षेत्रको दिगो समाधानबिना समग्र विकास सम्भव नहुने उनको भनाइ छ।

नेता तिमिल्सिनाले निर्वाचनमा निर्णायक शक्ति जनतामै रहेको उल्लेख गर्दै भने, “जनताले रोजेका आधारमा नै प्रतिनिधि निर्वाचित हुने हो। यसपटक नेपाली कांग्रेस नयाँ नेतृत्व र नयाँ एजेन्डासहित अघि बढेको छ। जनताको अपेक्षा पूरा गर्न सक्ने विश्वास हामीसँग छ।” उनले परिवर्तन र जिम्मेवार राजनीतिको पक्षमा मत प्रयोग गर्न मतदाताहरूसँग आग्रहसमेत गरेका छन्।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here