ग्यासको माग अस्वाभाविक बढेपछि आधा सिलिन्डर मात्रै बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

0
2

काठमाडौं । बजारमा एलपी ग्यासको माग अस्वाभाविक रूपमा बढेपछि नेपाल आयल निगम ले भोलि (फागुन २९) देखि अर्को निर्णय नभएसम्म आधा सिलिन्डर ग्यास मात्रै बिक्री गर्ने निर्णय गरेको छ।

निगमका अनुसार अब उपभोक्तालाई सिलिन्डरमा ७.१ केजी ग्यास भरेर आधा मूल्य अर्थात् ९५५ रुपैयाँमा बिक्री वितरण गरिनेछ। ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सन्तुलित बनाउन यस्तो अस्थायी व्यवस्था लागू गरिएको निगमले जनाएको छ।

निगमले नियमित रूपमा मागअनुसार ग्यास आयात र वितरण भइरहेको भए पनि पछिल्ला दुई–तीन महिनादेखि ग्यासको माग असामान्य रूपमा बढेको जनाएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको छ।

नेपाललाई ग्यास आपूर्ति गर्ने भारतमा पनि उपभोक्ताले ग्यास पाउन समस्या भएको समाचार सार्वजनिक भएपछि नेपालमा समेत आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर भण्डारण गर्ने प्रवृत्ति बढेको निगमको भनाइ छ।

आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अस्थायी रूपमा ७.१ केजी ग्यास भरेर प्रतिसिलिन्डर ९५५ रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको निगमले जनाएको छ। साथै निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगरी आवश्यकताअनुसार मात्र खरिद गर्न आग्रह गरेको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here